६ महिनामा ८५ बालबालिका हराए, ५९ बेखबर



सुर्खेत : विगत ६ महिनाको अवधिमा दैलेख जिल्लाबाट मात्रै ८५ बालबालिका हराएका छन् । बालबालिकाहरू घरबाट एक्कासि हराउने र सम्पर्कमा नआउने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हराएका हराएकामध्ये ५९ बालबालिका अझै फेला परेका छैनन् । दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बालबालिका हराएको निवेदन दिने तर भेटिइसकेपछि प्रहरीलाई खबर नगर्ने भएका कारण तथ्याङ्कमा धेरै देखिएको हुन सक्ने बताए । तर बालबालिका हराउने क्रम भने विगतको भन्दा बढ्दै गएको उनको भनाइ छ । 

यस्तै, दैलेखमा घरेलु हिंसाका घटना पनि बढेका छन् । यो अवधिमा ८१ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकोमा प्रहरी कार्यालयबाटै आधा मुद्दा टुङ्गो लागेको छ । 

दैलेख प्रहरीको ६ महिने कार्य प्रगति सार्वजनिक गर्दै उनले चार जना फरार अपराधी पक्राउ गरेको जानकारी दिए । अदालतबाट फैसला भई सजाय तोकिएका फरार अपराधीलाई पक्राउ गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्