तीन दिनका लागि ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपालमा



काठमाडौं : ’मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन्। हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन्।

तीन दिनको भ्रमणका लागि उनी विहीबार बिहान काठमाडौँ अवतरण भएकी हुन् । उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् ।

उनको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा तय भएको बताइएको छ । टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन्।

टोनील हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् । त्यस्तै टोनीले २०१८ की मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर पनि पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्