निर्भया बलात्कार काण्डः दोषी चारै जनालाई मार्च २० मा फाँसी दिइने



एजेन्सी : निर्भया बलात्कार काण्डका दोषी चारै जनालाई आगामी २० मार्चमा फाँसी दिइने भएको छ । दिल्लीको पटियाला हाउस कोर्टले आज नयाँ मृत्युदण्डको सजाय सुनाएको हो ।

अदालतका अनुसार निर्भयालाई २० मार्चका दिन बिहान ५ बजेर ३० मिनेट जाँदा मृत्युदण्ड दिइनेछ ।

निर्भया बलात्कार काण्डमा दोषी ठहरिएका चार जना पवन, मुकेश, विनय र अक्षयलाई मृत्युदण्ड सुनाइएको यो चौथो पटक हो ।

यसअघि तीन पटक कानुनी विकल्पहरु भएकाले उनीहरुलाई दिइने भनिएको मृत्युदण्डको सजाय टर्दै आएको थियो ।

सन् २०१२ मा दिल्लीको सडकमा निर्भयाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्या भएपछि चारै जनालाई तल्लो अदालतले फाँसीको सजाय सुनाएको थियो । सन् २०१४ मा उच्च अदालतले, २०१७ मा सर्वोच्च अदालतले फाँसीको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्