राजपरिवारमा जन्मिएकी भाग्यश्री, सलमान खानसँग यस्तो सिन दिँदा ग्वाँ-ग्वाँ रोइन्



एजेन्सी : सन् १९८९ मा बलिउडमा चर्चा पाएको फिल्म ‘मैंने प्यार किया’ को गीत ‘कबूतर जा–जा’ पनि निकै हिट भएको थियो ।

उक्त फिल्मको मुख्य भूमिकामा थिए, सलमान खान र अभिनेत्री भाग्यश्री । उक्त गीतको शुटिङको एउटा घटना यतिबेला चर्चामा आएको छ । उक्त गीतको शुटिङको क्रममा सलमान खानले भाग्यश्रीलाई अंगालोमा बेर्ने सिन गरिरहेका थिए । उक्त सिनको शुटिङ सुरु हुनेवित्तिकै भाग्यश्री ग्वाँ – ग्वाँ रुप थालिन् ।

त्यसपछि सलमान खान डराए र उनले केही गल्ती भयो कि भनेर सोधे । उक्त सिनको शुटिङ सकिएपछि भाग्यश्रीले उनका परिवार रुढीवादी परम्परागत स्वाभावका भएको र उनले त्यस्तो प्रकारको पहिरन नलगाएको बताइन् । त्यसैले हड्बडाएर रोएको खुलाएकी थिइन् ।

त्यसपछि निर्देशकले उनलाई कुनै पनि सिनको शुटिङ आफूखुसी गर्न अनुमति दिएका थिए । भाग्यश्रीको जन्म सांगलीको पटवर्धन राजघरानामा भएको थियो । उनका पिता विजय सिंहराव माधवराव पटवर्धन सांगलीलाई राजा मानिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्