उत्तर कोरियामा कोरोना भाइरसका कारण २ सय सैनिकको मृत्यु



एजेन्सी : कोरोना भाइरसका कारण उत्तर कोरियामा २ सय कोरियाली सैनिकको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेली एनकेले सोमबार उत्तर कोरियाका २ सय सैनिकको मृत्यु भएको जनाएको हो ।

उत्तर कोरियाली सैनिक मेडिकल युनिटले कोरोना भाइरस (कोभिड १९) का कारण लगभग २ सय सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।

डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो। रिपोर्टमा १ सय ८० सैनिकले जनवरी र फेब्रअरीमा कोरोना भाइरसका कारण मृत्यु भइसकेको र ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ। ज्यान गएका अधिकांश सैनिकहरू सिनो–उत्तर कोरिया सीमाक्षेत्रमा कार्यरत थिए।

उक्त रिपोर्ट अनुसार केही सैनिक उच्च ज्वरो, निमोनिया, क्षयरोग तथा दमका कारण मरेपछि सैनिक नेतृत्वले तथ्यांक संकलन गर्न आदेश दिएपश्चात आएको हो। त्यस्तै सैनिक नेतृत्वले क्वारेन्टाइनमा राखिएकाको समेत तथ्यांक उल्लेख गर्न अस्पताललाई आदेश दिएको थियो।

रिपोर्टले उत्तर कोरियाली सैनिक प्रतिष्ठानमा खलबली मच्चिएको डेली एनकेले जनाएको छ। साथै सैनिक नेतृत्वले कोरोना संक्रमणको तथ्यलाई लुकाउन विभिन्न उपायसमेत गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्