१२ हजार घुससहित प्रधानाध्यापक पक्राउ



वीरगन्ज : पर्सामा १२ हजार घुससहित एकजना प्रधानाध्यापकलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

 

छिपहरमाई गाउँपालिका-४ तुल्सीवर्वा स्थित नेपाल राष्ट्रिय प्रावि वर्वाटोलका प्रधानाध्यापकलाई प्रभु गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले नियन्त्रणमा लिएको हो ।

 

कृषि विकस बैंकबाट ऋण मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित गिरीलाई नियन्त्रणमा लिएको अख्तियारको कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्