‘यदि हामीलाई बाँच्नु छ भने रुख लगाउनुपर्छ’



जनकपुर : नेपाल-भारतबीच पर्यावरण सद्भावना आदान-प्रदानका लागि गोष्ठीको आयोजना भएको छ । वातावरणिय पर्यावरणलाई संरक्षण गर्न आ-आफ्नो स्थानबाट सह्योग गर्नुपर्नेमा गोष्ठीमा सहभागी वक्ताले जोड दिए । 

 

भारतबाट आएका ज्ञानेन्द्र मौर्याले पर्यावरणलाई संरक्षण गर्न रुखलाई संरक्षण गर्नु सुझाव दिए । मौर्याले भने, 'यदि हामीलाई बाँच्नु छ भने रुख लगाउनुपर्छ ।'

 

पर्यावरण सेनाले पर्यावरण रक्षार्थ काम गर्दै आएकोबारे पनि मौर्यले प्रकाश पारे । जनकपुरस्थित गायत्री कुञ्जको सेमिनार हलमा भएको गोष्ठीमा नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले यसप्रकारको कार्यक्रममा प्रदेश सरकारको प्रतिनिधि वा जनकपुर उपमहानगर पालिकाको प्रतिनिधि उपस्थिति नहुनु दु:खद भएको बताए । उनले चूरे संरक्षणमा ध्यान दिनु अनिवार्य रहेको बताए ।

 

जनकपुरमा प्लास्टिकको प्रयोग बढिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे । नेपाल र भारतसँगै मिलेर पर्यावरण जोगाउन संयुक्त कार्य गरे भविष्यको लागि राम्रो हुने मिश्रको भनाई छ ।

 

पर्यावरणको रक्षार्थ रुख लगाउनु र रुखको संरक्षण गर्नु अनिवार्य रहेको उनले बताए । गान्धी पिस फाउण्डेशन प्रदेश २ का प्रमुख इन्जिनियर मनोजकुमार साहको अध्यक्षतामा भएको एक दिने कार्यशालामा प्रमुख अतिथिका रुपमा भारतका पर्यावरण सेना प्रमुख अजय क्रान्तिकारीले कार्यशालामा उपस्थित सबैलाइ धर्तीलाई बचाउन आग्रह गरे ।

 

प्रकृतिको रक्षार्थ आज सबैले आ-आफ्नो स्तरबाट पहल गर्न आग्रह गरे । भारतीय पर्यावरण सेनाले अब नेपालमा पर्यावरण जोगाउन इच्छुक रहेको पनि उनले स्पस्ट पारे ।

 

भारत र नेपालमा थुप्रै रुख काटिएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै क्रान्तिले भने, 'अब मानिसले अझैं रुखको संरक्षण गर्न नसके र नयाँ  रुख नलगाए समस्या बढ्नेछ ।'

 

हामीले जति रुख रोप्याैं त्यति नै आउने दिनमा हाम्रो सन्ततिको लागि राम्रो हुने तर्क क्रान्तिकारीको छ ।

प्रतिक्रिया दिनुहोस्