ओेखलढुंगामा जिप दुर्घटना, ८ जना घाइते



ओखलढुंगा : ओेखलढुंगाको मानेभज्याङ गाउँपालिका–४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर तिनको ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा परी जिप चालक बिरगन्ज पर्साका अन्दाजी २२ बर्षिय अनिल कुमार साहानी र सोही स्थानका २६ बर्षिय सुगन्धी देबी बिनको अवस्था गम्भीर छ । उनीहरुको ओखलढुंगा सामुदायीक अस्पातलमा उपचार भैरहेकोछ ।

अन्य सामान्य घाइतेहरुमा नेपागन्ज बाँकेका बिराज थापा, बिरगन्ज पर्साका आकाश कुमार नाबालक, मन्थली रामेछापका कपिल मगर र सिद्धिचरण नगरपालिका–४ का सनम घले, बल बहादुर श्रेष्ठ र राजन घले रहेका छन् ।

जिपमा १२ जना सवार रहेको भएपनि अन्य चारजना भने सकुशल रहेको प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्