बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क स्थापना



धरान : कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका निर्देशक प्राडा गौरीशङ्कर साहको नेतृत्वमा १२ सदस्यीय ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको थियो । सो भाइरस सङक्रमण हुन नदिन र सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार सो डेस्क स्थापना गरिएको निर्देशक प्राडा साहले जानकारी दिए ।

उनले प्रतिष्ठानमा विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने जानकारी दिए । भाइरसको सङ्क्रमण देखिएका बिरामीलाई ‘आइसोलेशन वार्ड’मा राखिने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतिष्ठानमा १० वटा श्यया र तीन सघन उपचार कक्ष छुट्याएको छ ।

चिकित्सकका लागि व्यक्तिगत सुरक्षाका सबै सामग्री उपलब्ध गराएको छ । सो वार्डका बिरामीको उपचारका लागि चिकित्सकका लागि एम ९५ मास्क, गाउन, चस्मा, थर्मो स्केललगायत सुरक्षाका सामग्री व्यवस्थापन गरिएकोे प्राडा साहले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्