व्यवसायी कुटपिट प्रकरण : धर्मेन्द्र साह गलत भएको व्यापार संघको ठहर



जनकपुरधाम : जनकपुर अञ्चल औषधि व्यवसायी संघका पूर्व महासचिव प्रमोद अग्रवाल ‘पप्पु’ माथि रुफटप रेस्टुरेन्टका सञ्चालक धर्मेन्द्र साहले हातपात गरेको जनकपुर उद्योग वाणिज्य संघले पनि स्विकार गरेको छ ।

व्यवसायी अग्रवालमाथि हातपात गरिएको घटनामा करिव एक सातासम्म मौन बसेको वाणिज्य संघले आइतबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै साहको गल्ती रहेको स्वीकारे गरेको हो ।

जग्गासम्बन्धी छलफलको क्रममा राजपाका कार्यकर्तासमेत रहेका साहले औषधि व्यवसायी अग्रवालमाथि गत २६ गते दिउँसो राम यूवा कमिटीको कार्यालयमा सार्वजनिक रुपमै हातपात गरेका थिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका सदस्यहरु प्रमोद कुमार अग्रवाल र धर्मेन्द्र साहका विच फागुन २६ गतेका दिन राम युवा कमिटीको कार्यालयमा जग्गा जमिनको सम्बन्धमा छलफल चलिरहदा साहले अग्रवालमाथि आक्रमण गरेको घटना सम्बन्धमा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत भनिएको छ ।

जग्गा जमिन सम्बन्धी विषय शान्तिपूर्वक छलफल गरी समाधानको प्रयास गर्नु पर्नेमा कसैको शरिरमा हात हाल्नुलाई कदापी उचित मान्न नसकिने भन्दै यस्ता व्यक्तिगत छलफलको सन्दर्भमा भएको घटनाप्रति अनावश्यक टिक्का टिप्पणी नगरी शान्तीपुर्ण समाधान हुने गरी न्यायिक मार्गको अबलम्बन गर्न र दोषीलाई न्यायिक प्रकृयामा समावेश गरी समाधानको प्रयास गर्नु हुन सम्बन्धीत पक्षसँग अध्यक्ष ललितकुमार साह र महासचिव जितेन्द्र महासेठले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

व्यवसायीमाथि हातपात हुँदासमेत वाणिज्य संघ मौन बसेपछि चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्