कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएका छाैं – प्रधानमन्त्री ओली



काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क मुलुकको सामूहिक प्रयासले नै यस क्षेत्रका लागि कोरोना विरुद्धको निर्माण हुने बताएका छन् ।

सार्क भिडियो सम्मेलनमा प्रधानमन्त्री ओलीले हाम्रो सामूहिक ज्ञान र प्रयोगले कोभिड १९ विरुद्ध लड्न यस क्षेत्रका लागि बलियो रणनीति बनाउन सक्ने बताए ।

नेपालमा कोरोना संक्रमण रोक्न केन्द्रीय तथा प्रदेश स्तरमा अनुगमन संयन्त्र गठन गरी सरकारले काम गरिरहेको जानकारी उनले अन्य मुलुकलाई गराए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्