आर्थिक संकटकाल लगाउन माग



काठमाडाैं : काेरोना भाइरस संक्रमणले अर्थव्यवस्था संकटोन्मुक भएको भन्दै व्यवसायीले आर्थिक संकटकाल घोषणा गर्न माग गरेका छन् ।

अर्थमन्त्रालयले कोरोना प्रभाव अध्ययन गर्न आइतवार व्यवसायीसँग गरेको छलफलमा उनीहरूले भने,‘अर्थतन्त्र जोगाउने सबै उपाय अपनाउनुपर्‍यो ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खाद्यान्न तथा अत्यावश्यक वस्तुको आयात र भण्डारण बढाउन, प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन संकटकाल लगाउनुपर्ने धारणा राखे । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्