तारापट्टीमा युवाहरुले गरे चक्काजाम



जनकपुरधाम : सवारी आवागमनको चापले धुलो बढी उडेको भन्दै धनुषाको तारापट्टी सडकखण्डमा युवाहरुले चक्काजाम गरेका छन् ।

सडक निर्माणकै क्रममा रहेको तारापट्टीमा सवारी आवतजावतले उडिरहेको धुलोले स्थानियको स्वास्थ्यमा असर पुर्याउने भन्दै युवाहरुले ठेकेदारविरुद्ध नारावाजी गर्दै चक्काजाम समेत गरेका छन् ।

उनीहरुले सडक निर्माणको काममा तिव्रता दिन र अहिले तत्काल धुलोलाई कम गर्न दैनिक रुपमा सो सडकखण्डमा दमकलले पानी छर्किन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्