क्लोथ बैंक धनुषाले चारसय जनालाई बाँडे निःशुल्क मास्क



जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोनाभाइरस संक्रमणबाट बच्न क्लोथ बैंक धनुषाले जनकपुरधाममा निःशुल्क मास्क वितरण गरेको छ ।

आज (बिहीबार) बिहान जनकपुरधामस्थित बस पार्कमा प्रदेश २ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाको उपस्थितिमा चार सय जनालाई मास्क बाँडिएको हो ।

सर्वसाधारणमा कोरोना संक्रमणको त्रास बढिरहेको बेला सबैको स्वास्थ्यलाई ख्याल राख्दै मास्क बाँडिएको क्लोथ बैंकका अध्यक्ष राजिव झाले बताए ।

मास्क वितरण कार्यक्रममा माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरी, वरिष्ठ चिकित्सक डा.अजय मिश्र लगायतकाहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्