कोरोनाबाट बचाउन मुस्लिम समुदायको प्रार्थना



जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाईरसबाट सबै नागरिकलाई बचाउन जनकपुरधाममा मुस्लिम समुदायले प्रार्थना गरेका छन् ।

मुस्लिम समुदायका व्यक्तिहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ स्थित जामे मस्जिद हनफियामा भेला भई शुक्रबारको नियमित प्रार्थनामा कोरोनाबाट बच्न ऐक्यवद्धता जनाएका हुन् ।

कोरोना संक्रमितहरुको पीडाप्रति दुः खी रहेको भन्दै उनीहरुप्रति ऐक्यवद्ध रहेको मुस्लिम धर्मावलम्वीहरुले बताएका छन् ।

प्रार्थना सभामा उनीहरूले या अल्लाह ! विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट तमाम इन्सानलाई बचाउ,जो व्यक्ति कोरोनाले जीवन र मृत्यु बीच संघर्षरत छन् उनलाई तत्काल सिफा दे मौला,मुल्के नेपालमा यो महामारिलाई आउनबाट रोक मेरो खुदा लगायत अल्लाहसँग सामुहिक दुवा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्