चीन नेपालसहित २२ देशको भिडियो कन्फरेन्स



काठमाडौं : कोरोना भाइरसको जोखिम न्यूनीकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फरेन्स गरेको छ ।

भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागिता थियो । कन्फरेन्समा चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चालिएको कदम र पाएको सफलताबारे अन्य मुलुकहरुलाई जानकारी दिएको थियो ।

भिडियो कन्फरेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए । कोरोनाको उद्गमस्थल चीनले कोरोनाविरुद्ध पाएको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोगबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्