मलद्वारमा लुकाएर लागुऔषध ल्याउँदा प्रहरीको फन्दामा 



विराटनगर : मलद्वारमा लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई जना कारोवारीलाई विराटनगर महानगरपालिका –१५ बाट प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका –१० का २२ वर्षीय रेजी शेर्पा र २७ वर्षीय सुवास प्रधानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा उनीहरुले मलद्वारमा लागुऔषध राखेर ल्याएको पत्ता लागेको मोरङका डीएसपी घनश्याम श्रेष्ठले बताए । पक्राउ परेकाहरुको साथबाट प्रहरीले पाँच एम्पुल डाईजेल्याब, ११ एम्पुल लुपिजेसिक र १३ एम्पुल एभिल बरामद गरेको छ ।

दुबै जना विरुद्ध लागुऔषध बिरुद्धको ऐन अन्तर्गतको मुद्धा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्