मोटरसाइकलको ठक्करबाट ट्राफिक घाइते 



विराटनगर :  मोरङको उर्लाबारी नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट बिहीबार ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) गणेश श्रेष्ठ घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २० प ६६३२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार विना हेल्मेट तीव्र गतिमा आइरहेको मोटरसाइकल रोक्न खोज्दा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर घाइते भएका असई श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहारमा चोट लागेको छ भने नाकको हड्डी भाँचिएको प्रहरीले जनाएको छ । मोटसाइकल चालक उर्लाबारी–१ का राज सुनुवारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्