फिदिम नगरपालिका–५ का वडाध्यक्षको निधन



पाँचथर : फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । तुम्बापोको झापाको बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

३३ वर्षीय उनी सिकिस्त बिरामी भएपछि फिदिममा रहेको समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत बी एण्ड सी अस्पताल झापा लगिएको थियो ।

तुम्बापोको रक्त क्यान्सरका कारण मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्