सुरक्षाको माग गर्दै पूर्वाञ्चलका टिपर व्यवसायी आन्दोलित



मोरङ : पूर्वाञ्चल टिपर व्यवसायी संघले सुरक्षाको माग गर्दै बिरोध प्रदर्शन गरेको छ । सोमबार मोरङको सुन्दरहरैचामा भएको सडक दुर्घटनामा सात टिपरमा आगजनी भएपछि व्यवसायीले चरणबद्ध रूपमा प्रदर्शन गर्दै आएका छन् ।

 

सोही क्रममा शुक्रबार विराटचौकको खोर्सानेबाट टिपर प्रदर्शन गरेकाछन् । सो टिपर प्रदर्शन विराटनगरको रोडषेश चौक हुँदै परिक्रमा गरेको संघका अध्यक्ष गोपाल कार्कीले बताएका छन् ।

 

सोमबार भएको दुर्घटनामा १० वर्षिया बालिका लक्ष्मी ढकालको घटनास्थलमा मृत्यु भएको थियो । सोही क्रममा आक्रोशित भीडले सातवटा टिपरमा आगजनी गरेका थिए ।

 

संघकाअनुसार आगजनीमा करिब ३ करोड रूपैयाँ बराबरको क्षति भएको छ । सडक दुर्घटनापछि घटना नियन्त्रणमा लिन प्रशासनले करिब १० घण्टा सो क्षेत्रमा निशेधाज्ञा जारी गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्