प्रेमीलाई उक्साएर श्रीमानको हत्या



धनकुटा : तीन महिनाअघि हिलेमा सञ्चालित मिनी मेलामा इटहरी–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

 

प्रहरीले पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको श्रीमती सुनसरीको इटहरी–१५ वस्ने २९ वर्षीय प्रिया चौधरी र उनका प्रेमी भनिएका सुनसरीको बराह क्षेत्र नपा–५ कालाबन्जरका ३१ वर्षीय सबिन राईलाई सार्वजनिक गरेको हो । 

 

उक्त घटनामा आफ्नै श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

 

चौधरी र राईबीच प्रेम सम्बन्ध भएपछि घटना भएको ५ महिना अघिदेखि योजना बनाएर चौधरीको हत्या भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्