प्रकाण्डका छोरालाई सात दिन म्याद थप



विराटनगर : तीनवटा गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरालाई प्रहरीले अनुसन्धानका लागि शुक्रबार सात दिनको म्याद थप गरेको छ ।

बिहीवार साँझ गोलीसहित पक्राउ परेका नरेन्द्र विश्वकर्मालाई  मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको हो । कालिकोट घर भएका २७ वर्षीय विश्वकर्मा सानो चाइनिज पेस्तोलमा प्रयोग हुने तीन गोलीसहित विराटनगर विमानस्थलबाट बिहीबार साँझ पक्राउ परेका थिए ।

केही दिन अघि पूर्व आएका विश्वकर्मा विराटनगर विमानस्थलबाट काठमाडौं जाने तयारी गर्दै गर्दा झोला चेकजाँच गर्ने क्रममा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्