फुटबल खेल्न गएका युवकको खोलामा डुबेर मृत्यु



पाँचथर : पाँचथरको याङवरक र ताप्लेजुङको सीमा भएर बग्ने ईवा खोलामा डुबेर फुटबल खेल्न गएका एक युवकको मृत्यु भएको छ । 

 

पाँचथरको हिलिहाङ गाउँपालिका-५, सुभाङका कमल सुहाङको १६ वर्षीय छोरा युगल सुहाङको बिहीबा बिहान ज्यान गएको हो ।

 

बिजया दशमीको अवसरमा पाँचथरको याङवरक गाउँपालिकाको च्याङथापु बजारमा आयोजना भएको फुटबल प्रतियाेगितामा खेल्न साथीहरुसँग गएका सुहाङको नजिकै रहेको खोलामा  पौडी खेल्दा डुबेर मृत्यु भएको प्रहरीले बताएकाे छ । 

प्रतिक्रिया दिनुहोस्