इटहरीका पसलमा कुहिएको मासु भे‍टियाे



इटहरी : बजारको अनुगमनको क्रममा कुहिएको मासु समेत बेच्न गरेको पाइएको छ। केही पसलमा सडेको मासु समेत बेच्न राखेको पाइएको नगरपालिकाले गरेको अनुगमनमा क्रममा यस्तो फेला परेको हो। नगरपालिकाले टोली बनाएर अनुगमनम गरेको हो। तर नगरपालिकाले अनुगमन गरेपनि प्रभावकारी कारबाहीको प्रक्रिया भने चालेको छैन।

 

धेरै पसलको मासु स्वास्थ्यको हिसाबले खान खान योग्य नरहेको पाइएको जिल्ला भेटेनरी अस्पतालका डा मनोज कुमार महतोले बताए। पशु वधशाला तथा मासु जाँच नियमावली २०५७ बमोजिमको मापदण्ड कसैले पनि पालना गरेको नपाइएको उनले बताए। 

 

मासु बिक्री गर्ने स्थलमा जाली र सिसा लगाउनुपर्ने, टायल लगाएर सजिलै सफा गर्न सकिने बनाउपर्ने, मूल्यसूची, बोर्ड राखिनुपर्ने, औजार र जोख्ने समान सफा सुग्घर हुनुपर्नेमा अधिकांश पसलमा त्यस्तो नपाइएको डा महतोले बताए।

प्रतिक्रिया दिनुहोस्