प्रदेश १ को हिउँदे अधिवेशन आजदेखि 



विराटनगर: प्रदेश–१ को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगरस्थित प्रदेशसभा भवनमा बैठक सुरु हुन लागेको हो । यसअघि प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले हिउँदे अविधेशन आब्हान गरेका थिए ।

हिउँदे अधिवेशनले प्रदेश १ को नाम र स्थायी राजधानीको विषय टुँगो लगाउने बताइएको छ । सभामुख प्रदीपकुमार भण्डारीले नाम र राजधानीको विषय टुँगो लगाउने तयारी भइरहेको जानकारी दिंदै सकेसम्म सहमतिका आधारमा टुँगो लगाउन आफुले सहजकर्ताको भूमिका खेलिरहेको बताए ।

यसैबीच मुख्यमन्त्री शेरधन राईले आज विहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरुलाई समसामयिक विषयमा जानकारी दिन बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्