आज ल्होछारः मुख्यमन्त्री राईले दिए शुभकामना



झापा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षका रुपमा मनाइने ल्होछार पर्वले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताएका छन्। तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा बस्ने तामाङ समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री राईले नेपालका तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने सोनाम ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन्। ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका छन्,’ मुख्यमन्त्री राईले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्