गोरु काटेको अभियोगमा ७ जना पक्राउ



खोटाङ : प्रहरीले हलेसी तुवाचुङ नगरपालिका ५ मयांखुबाट गोरु काटेको अभियोगमा ७ जनालाई पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले बिहीबार साँझ उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्