अवैध लागूऔषधसहित दुई जना पक्राउ



मोरङ : प्रहरीले मोरङको केराबारी गाउँपालिका ८ तोरीबारीबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय प्रमोद मल्लिक र सोही गाउँपालिका-१ बस्ने ४१ वर्षीय बिष्णु लिम्बु रहेका छन् ।

आज बिहान करिब १ केजी ८ सय ५० ग्राम गाँजासहित २ जनालाई ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको संयुक्त गस्ती टोलीले पक्राउ गरेको जनाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्