स्थानीय उत्पादनको गाउँमै बजार



राजविराज : बन्दाबन्दीका बेला पनि समूहगतरुपमा काम गरेपछि स्थानीयस्तरमा उत्पादित हरियो सागसब्जीको आपूर्ति व्यवस्था सहज भएको छ । राजविराजसहित स्थानीयवासीले भोग्दै आएको समस्यालाई ध्यान दिइ सप्तरीको दक्षिण भेगका करिब १५० कृषकले सहजताका लागि स्थानियस्तरमा उत्पादन गरेको तरकारीहरु गाउँगाउँ तथा सहरबजार सम्म बिक्री गर्न थालेका छन् ।

सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्तीअन्तर्गतको जिविकोपार्जन कार्यक्रमबाट जिल्लाको दक्षिणी भेगको तिलाठी कोइलाडी, छिन्नमस्ता र विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका १४ का अति विपन्न परिवारका महिला सदस्यहरुले कृषक समूह बनाइ आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राविधिक रामकुमार साहले बताए ।

महिलाहरुले आफैले लगाएको तरकारीबारीबाट राम्रो आम्दानी आउन थालेपछि उनीहरु खुशी भएका छन् । बजरंगबली कृषक समूह तिलाठी कोइलाडी ५ की पानो देवी रजकले तरकारी खेती गर्ने सपनालाई साकार पार्न सहयोग मिलेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्