जिपी कोइराला फाउण्डेशनको कार्यालय स्थापना



भोजपुर :  पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्ला समिति तथा कार्यालय स्थापना गरिएको छ ।

कांग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेका सो फाउण्डेशन शाखाको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कार्यक्रममा सो फाउण्डेशनका प्रदेश १ का संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यका साथ समिति गठन गरिएको बताए ।

सो अवसरमा स्व. कोइरालाको फोटो प्रदर्शनी समेत गरिएको   थियो । भोजपुरमा नीरकुमार विकको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । फाउण्डेशनको सहसंयोजक कर्ण मोक्तान, सचिव प्रमेश भारती, सहसचिव अर्जुन बस्नेत, कोषाध्यक्ष पुष्पलता कटवाललगायत छन् ।

उनीहरुलाई प्रदेश संयोजक थापाले पदस्थापन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्