भरुवा बन्दुक बरामद



पाँचथर : पाँचथर फिदिम नगरपालिका-११ तृतियास्थित झाडीबाट लोड गरेको १ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरको छ ।

उक्त स्थानमा झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नागिनबाट खटिएको प्रहरीले घटनास्थल नजिकैको झाडीबाट उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

घटनामा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्