सरकारद्वारा दुई अध्यादेश फिर्ता



काठमाडौं : सरकारले गत सोमबार जारी गरेको दुई अध्यादेश फिर्ता दिएको छ ।

चौतर्फी विरोध भएपछि आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषदको बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

यो पनि :–

राष्ट्रपतिको ‘डिस्क्रिमिनेसन’ : देउवाको राष्ट्रियसभा विधेयक ३ महिना ‘होल्ड’, प्रधानमन्त्रीको दल फुटाउने अध्यादेश २ घण्टामै प्रमाणिकरण
अध्यादेश विवाद प्रकरण : कोरोना त्रासका बीच अनाचारी राजनीति
राजनीतिक दलसम्बन्धी अध्यादेश स् पार्टी फुटाउने ओली योजना फेल
अध्यादेश फिर्ता लिन ओली तयार
प्रधानमन्त्री ओली शीतलनिवासमा
संविधान मिच्न पाइदैन, लोकतन्त्र विरोधी अध्यादेश चाहिदैन !
प्रधानमन्त्रीको आत्मघाती खेल, हात लाग्यो शून्य !

प्रतिक्रिया दिनुहोस्