भरुवा बन्दुकसहित एक जना पक्राउ



तनहुँ : प्रहरीले भरुवा बन्दुक सहित एक जना पक्राउ गरेको छ। तनहुँको घिरिङ गाउँपालिका-५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्