आगलागीबाट २० लाखको क्षति 



विराटनगर :  मोरङको रतुवामाई नगरपालिका–७ गढीझारमा बिहीबार राति आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय गंगाबहादुर बस्नेतको घरमा राति ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगोले बस्नेतको दुई तले घर पूर्ण रुपमा ध्वस्त भएको छ । भान्सा घरको चुल्होबाट अचानक आगलागी सुरु भएको जनाइएको छ ।

आगोले घरसहित  गरगहना, अन्नपात, नगद, लत्ताकपडा, महत्वपूर्ण कागजजात, काठपात जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्