रक्तसञ्चार केन्द्र खाेल्न चिया बिक्री



सङ्खुवासभा : सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न चिया बेचेर रकम संकलन गरेकाे छ । एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको २९ हजार ५ सय ८५ रुपैयाँ जिल्लामा रक्तसञ्चार केन्द्र खाेल्न सहयाेग गरिएकाे हाे । 

 

रक्तसञ्चार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सिर्जनशीलकी अध्यक्ष राधा बस्नेतले रकम रेडक्रस सभापति सरोज बज्राचार्यलाई हस्तान्तरण गरिन् । उनले एकादशी बजारमा जनचेतना जगाउँदै चिया बेचेर रकम सङ्कलन गरिएको जानकारी दिइन् । रेडक्रसले रक्तसञ्चार दिवसका अवसरमा १ सय ५० भन्दा बढी सर्वसाधारणाकाे ब्लड ग्रुप्रिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्