बलात्कारको सजाय भोग्दै गरेका कैदीको मृत्यु



बिर्तामोड : जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

 

जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद सजाय भोग्दैआएका भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रबार साँझ ६ बजे उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा शनिबार बिहान साढे १० बजे सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्