खाना सर्किएर एकको मृत्यु



मोरङ : मोरङको सुन्दर-हरैचा नगरपालिका-४ हबेली टोलमा शनिबार खाना सर्किएर एक जनाको मृत्यु भएको छ। खाना सर्किएर ५३ वर्षीया छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरलबारीले जनाएको छ।

 

बिहान साढे ९ बजे खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उनको उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्