मुख्यमन्त्रीको काम : निजी कम्पनीको सोरुम उद्घाटन



विराटनगर : प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न ओखलढुंगा पुगेका छन् । उनी हेलिकप्टर चढेर निजी महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न ओखलढुंगा पुगेका हुन् ।

 

सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालनमा ल्याएको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार पुगेका हु्न् ।

 

मुख्यमन्त्री राई सोलुखुम्बुको हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्