हत्या गरेको अभियोगमा पक्राउ



तेह्रथुम : तेह्रथुममा आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । फेदाप गाउँपालिका-५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यस्तै खोटाङमा आफ्नै भिनाजुलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

केपिलासगढी गाउँपालिका-२ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राईलाई प्रहरीले पक्राउ गरेको हो । मिलनले भिनाजु नाता पर्ने ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय बाक्सिला र प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै आवश्यक अनुसन्धान र सोधपुछका लागि मिलनकै भाइ २० वर्षीय जिवन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्