बलात्कार आरोपमा एकजना पक्राउ 



विराटनगर :  मोरङको लेटाङ नगरपालिका–५ खेरुवाबाट प्रहरीले आइतबार साँझ एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले बलात्कार आरोपमा सोही स्थान बस्ने ४१ वर्षीय राजन कार्कीलाई पक्राउ गरेको हो । 

यही माघ २५ गते १५ वर्षीया एक बालिकालाई बलात्कार  गरेको भन्ने बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्कीविरुद्ध प्रहरीले सोमबार जवरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्