व्यास नगरपालिकाले खुलायो विद्यालय भर्ना



दमौली : व्यास नगरपालिकाले विद्यालय भर्ना खुलाएको छ। बैकुण्ठनाथ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सामाजिक दुरी कायम गरेर भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको हो।

जोखिमलाई मुल्यांकन गर्दै भिडभाड नहुने गरी अनलाईन प्रविधिमार्फत नतिजा प्रकाशन तथा भर्ना पनि गर्न मिल्ने गरी बाटो खुलाइएको बताइएको छ।

केही दिन अघि नै नगरपालिकाले विद्यालयका प्रधानाध्यापक तथा शिक्षा क्षेत्रका सरोकारवालासँगको छलफलका आधारमा वैशाख अठठाइस गतेभित्र नतिजा निकाल्न तथा जेठ १० भित्र भर्ना खुलाउन निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्