डेढ वर्षे बालिकाको डुबेर मृत्यु



विराटनगर : सुनसरीको इनरुवा नगरपालिका–३ कंशमोडामा पानीको खाल्डोमा डुबेर डेढ वर्षे बालिकाको मृत्यु भएको छ । 

रामदेव मेहताकी १८ महिने छोरी कृतिको घर नजिकै खेल्ने क्रममा कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । सोमबार दिउँसो ४ बजे बेपत्ता भएकी बालिकालाई राति खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

जिल्ला अस्पताल इनरुवामा पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्