बेसहारा तीन बालकलाई एकनाथ ढकालको सहयोग



विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–७ कुँडेलीका बेसहारा तीन बालकलाई नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । 

१५ वर्षीय दीपक, नौ वर्षीय राजीव र पाँच वर्षीय रोशन राजवंशीलाई ढकालले सहयोग गरेका हुन् । सेतो मच्छरको टोकाइबाट बुवा फगुलालको २०७० र आमा सन्तोषी राजवंशीको गत साउनमा मृत्यु भएपछि उनीहरु अभिभावकविहीन बनेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर राजवंशी दम्पतीको मृत्यु भएको जनाइएको छ । 

बुवाआमाको मृत्युपछि उनीहरुलाई फुपू सरसादेवी राजवंशी र मावलकी हजुरआमा ७० वर्षीया कृष्णवती राजंवशीले संरक्षण गर्दै आएकोमा फुपूको पनि यही पुस तेस्रो साता मृत्यु भएको थियो । 

ढकालले तीन बालकका लागि उपलब्ध गराएको ५० हजार रुपैयाँ पार्टीका केन्द्रीय सदस्य अशोककुमार चौधरी र तीर्थराज घिमिरेले हस्तान्तरण गरे । वृद्ध अवस्थाकी हजुरआमाले संरक्षण गर्न सक्ने अवस्था नभएपछि तीनै बालक दुई सातादेखि रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित ठूलीआमा उर्मिलादेवी राजवंशीको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्