भन्सार छलीको मरिच बरामद 



विराटनगर : चोरी तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा मंगलबार प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट ५० किलो कालो मरिच बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर महानगरपालिका १५–हुलास मेटल चोक नजिकैबाट मरिच बरामद गरेको । 

 

बरामद गरिएको मरिच आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनकाअनुसार ५० हजार मूल्य बराबरको मरिच बरामद गरिएको छ । 

 

मरिच बरामद गरेसँगै नेपालबाट भारततर्फ मरिच तस्करी हुन थालेको पुष्टि भएको श्रेष्ठले बताए । उनले मरिच तस्करी हुन थालेको पुष्टि भएसँगै सीमा क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्