दुई नगरपालिकामा सार्वजनिक विदा



इलाम :  इलामस्थित माई र देउमाई नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएपछि त्यसको शोकमा दुवै नगरपालिकाले बिदा दिएको हो।

 दुवै नगरपालिकाले सूचना जारी गरी फागुन १ गते बुधबार नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा बन्द रहने बताएको छ।

अध्यक्ष नेम्बाङको यही शनिबार एक सार्वजनिक कार्यक्रममा भाषण दिंदै गर्दा निधन भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्