हराएको १० महिनापछि भेटिइन् बालिका



काठमाडौं : झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीया ईश्वरा गदाल हराएको १० महिनापछि भेटिएकी छन्। आमा भीममायाले पनि छोरी फर्किन्न होला भनेर लगभग माया मारिसकेकी थिइन्।

तर दुई साताअघि मेचीनगर नगरपालिकाबाट खबर आयो‘छोरी भारतको कोचविहारमा छिन्।’दस महिनादेखि बेपत्ता छोरीलाई भेट्दा उनले बुधबार आँशु थाम्नै सकिनन्। ‘छोरी अब फर्किन्न होला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘आँखाअघि छोरीलाई देख्दा ज्यादै खुसी लागेको छ। 

पश्चिम बंगालको कोचविहारस्थित सरकारी स्वामित्वको बालिका आवास गृहबाट आएको एक टोलीले ईश्वरालाई स्थानीय सरकारसमक्ष बुझायो। उनी १० महिनादेखि त्यही बालिका गृहमा आश्रित रहेकी खवर कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्