पिकअप दुर्घटना हुँदा चालकको मृत्यु 



विराटनगर :  मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

रमिते बजारबाट अम्रिसोको कुुचो लोड गरेर जाँतेतर्फ जाँदै गरेको को १ च ९३२४ नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा अनियन्त्रित भएर बिहीबार साँझ दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार दुर्घटनामा चालक मोरङको लेटाङ नगरपालिका–८ का ४२ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको छ । 

दुर्घटनामा पिकअपमा सवार लेटाङ–८ का ४५ वर्षिय तिलबहादुर राई र मिक्लाजुङ–५ का २० वर्षिय सुधिर नेपाल घाइते भएका छन् । गम्भीर घाइते भएका दुवै जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक चालकको शव उर्लाबारीको मंगलबारे अस्पतालमा पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्