तस्करीको सुपारीसहित चार महिला पक्राउ  



विराटनगर : नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको सुपारीसहित प्रहरीले विराटनगरबाट शुक्रबार चार महिलालाई पक्राउ गरेको छ ।

विराटनगर–१७ स्लामपुर चोकबाट भन्सार छली गरेर भारततर्फ लाँदै गरेको १५ किलो सुपारी प्रहरीले बरामद गरेको छ । सुपारीसहित पक्राउ पर्नेमा विराटनगर–१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीया रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । 

‘नेपाल–भारत सीमाक्षेत्रबाट सुपारी कटाउँदै गरेको अवस्थामा महिलाहरूलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘नेपालबाट भारततर्फ सुपारी तस्करी गर्न पछिल्लो समय महिलाको प्रयोग गर्ने गरेको पाइयो ।’ 

श्रेष्ठले पक्राउ परेकाहरू सुपारी तस्करीका भरियामात्रै भएको बताए । पक्राउ परेकाहरूलाई बरामद गरिएको सुपारीसहित आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्