धनकुटा बजार क्षेत्रमा लगाइएको सिल हट्यो, अस्पतालको कायम



धनकुटा : स्थानीय प्रशासनले धनकुटा बजार क्षेत्रमा लगाइएको सिल हटाएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोना संक्रमित पुष्टि भएपछि धनकुटा बजार क्षेत्रको सिल हटाइएको हो।

अस्पतालको सिल कायम राखि बजार क्षेत्रको सिल हटाइएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताए।

उनका अनुसार बजार क्षेत्रको सिल हटाइए पनि अस्पताल गरिएको सिल भने कायम नै रहेको छ। प्रदेशबाट आउने चिकित्सकको विशेष टोलीले शनिबार सेनेटराइज गरेर आइतबारदेखि सञ्चालनमा ल्याउने समेत निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्