नक्सा नेताका घरघर पुर्‍याउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोड्न कमल थापाको आग्रह



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नक्सा नेताहरुको घरघरमा पुर्‍याउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोड्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट‍्विटरमा थापाले लिपुलेक र कालापानी समावेश भएको नक्सा नेताहरुको घरघरमा पुर्‍याउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोडन आग्रह गरेका हुन्।

वितरण गर्नेभन्दा सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमि फिर्ता लिनेबारे गम्भीर गृहकार्यमा लाग्न र कोरोना नियन्त्रणको लागि लाग्न पनि सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्